अन्तर्राष्ट्रिय

कपिलवस्तुबाट हराएका बालक भारतबाट उद्धार



कपिलवस्तु ३ भदौ ।कृष्णनगर स्थित शान्ति पूनः स्र्थापना गृह कपिलवस्तुले १३ बर्षिय एक बालकको उद्धार गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ बस्ने अजहर मुस्लमानलाई केहि दिन पहिले भारतको गोण्डाबाट उद्धार गरिएको गृहले जनाएको छ । घरदेखि करिब १ साता पहिले हराइ रहेका उनलाई उद्धार गरिएको हो ।
बालक घरबाट हराएपछि बेचबिखनविरुद्ध काम गर्ने निकाय, प्रहरी, प्रशासन लगायत विभिन्न संघ संस्थालाई खोजिदिन आग्रह गरेका थिए । सोही अनुसार शान्ति पूनः स्र्थापना गृहले अनुसन्धन अगाडी बढाएको थियो । गृहका कपिलवस्तुका सुपरभाइजर डिल्लीराज तिमिल्सिनाका अनुसार बिशेष सूचनाको आधारमा सिडब्लुसि बस्ती भारतको बेवारको सहयोगमा उनलाई उद्धार गरिएको छ ।भारतमा रहेको नेपाल दुतावास नयाँ डिल्ली र हेल्प क्रस तुरुस्त देहरादुन भारतको सहयोग र बाल गृह भारतको समन्वयमा शान्ति पूनः स्र्थापना गृह कपिलवस्तुले प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको तिमिल्सिनाले प्रेशपाटिलाई वताए। जानकारी दिए । उतm घटनाबारे थप अनुसन्धन भइरहेको गृह कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ३ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६