खोज–अनुसन्धान

१२ जिल्लाका २ सयभन्दा बढी पत्रकार सहभागी सम्मेलनले जारी गर्‍यो बसन्तपुर घोषणापत्र

१३ बुंदे वसन्तपुर घोषणा पत्र यस्तो छ



बुटवल, २ भदौ । १२ जिल्लाका २ सयभन्दा बढी पत्रकार सहभागी मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गरेको छ ।प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ १ र २ गते बुटवलमा सम्पन्न भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको हो । घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।
सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न माग गरिएको छ ।
सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउन , दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन , संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।
प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न,बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागी बुटवल र पाल्पालाई जोड्ने गरी लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार सञ्चालन भएकाले यसको बजार प्रवद्र्धनमा प्रदेशका सबै सञ्चारमाध्यमले सकारात्मक सहयोग गर्ने र नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग माग गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेको मिडिया सम्मेलनमा नेपाल प्रेस काउनसीलका अध्यक्ष बालकृष्ण बस्नेत,वरिष्ठ पत्रकारहरु कनकमणि दीक्षित,युवराज घिमिरे,डा। बालकृष्ण चापागाई, संघका अध्यक्ष नवराज कुँवर, बीबीसी नेपाली सेवाका माधव नेपाल लगायतले मोफसलका मिडियाको सबलिकरणले मात्रै तीनै तहका सरकार प्रभावकारी ढंगले सञ्चालन हुन सक्ने र लोकतन्त्र सुदृढ हुने धारणा राखेका थिए ।
यस्ता छन् बसन्तपुर घोषणापत्रका बुंदाहरु
१ लुम्बिनी प्रदेशमा मिडिया हाउसहरुको संख्या उल्लेख्य छन् । मिडिया हाउसमा लुम्बिनी प्रदेश भित्र हजारौ संख्यामा सञ्चारकर्मी सहित विभिन्न पदमा कार्यरत जनशिक्त छन् । मिडिया हाउसहरुलाई कोरोना कहरसंगै सरकारी क्षेत्रको नीतिगत अस्पस्टताको कारणले मिडिया उद्योगले सोचे अनुसारको सामाजिक उत्तरदायित्व बहन गर्न सकेका छैनन् । त्यसैले सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण वनाउँन सम्मेलन माग गर्दछ ।
२ मिडिया हाउस आर्थिक रुपले सवल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामग्री उत्पादन र मिडियाकर्मीलाई परिश्रमिक उपलब्ध गराउन कठिन भएको छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसहरुको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो । यसलाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंगै उद्योग, व्यवसाय र अन्य निकायहरुले मिडिया हाउसलाई सवलिकरण र सामाजिक जवाफदेहीता अभिबृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।
३ मिडिया हाउस सक्षम र सवल भएको खण्डमा मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस बिषयमा सबैपक्ष गम्भिर हुनुपर्ने र हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न यो सम्मेलन माग गर्दछ ।
४ तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन यो सम्मेलन माग गर्दछ ।
५सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न यो सम्मेलन जोरदार माग गर्दछ ।
६ नीजि क्षेत्रलाई ‘विज्ञापन, व्यवसाय प्रवद्र्धनमा गरिएको लगानी हो, यसको प्रतिफल तत्काल भन्दामा पनि दीर्घकालीन हुन्छ’ भन्ने बुझाईलाई व्यापक बनाउन मिडिया उद्योगले सहयोग गर्ने र मिडिया उद्योगको प्रर्वद्धनमा सहकार्यका लागी नीजि क्षेत्रलाई अभिपे्ररित गर्न आवश्यक वातावरण वनाउँन यो सम्मेलन माग गर्दछ ।
७ सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, यो सम्मेलन माग गर्दछ ।
८ रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउनुपर्ने यो सम्मेलन माग गर्दछ । साथै दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन समेत जोडदार माग गर्दछौ ।
९ संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न यो सम्मेलन माग गर्दछ ।
१० प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याजअनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न सम्मेलन प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गर्ने घोषणा गर्दछ ।
११ बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।
१२ लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागी लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागी बुटवल र पाल्पालाई जोड्ने गरी लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार सञ्चालन भएकाले यसको बजार प्रवद्र्धनमा प्रदेशका सबै सञ्चारमाध्यमले सकारात्मक सहयोग गर्ने र नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।
१३यो सम्मेलन सफल पार्न सहयोग पु¥याउने प्रदेश सरकार, स्थानीय सरकारहरु, नीजिक्षेत्र र विभिन्न संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गदै अगामी दिनमा यस्तै सहकार्य रहिरने विश्वास व्यक्त गर्दछौ ।
अन्त्यमा, प्रदेशका मिडिया हाउसहरुको सवलिकरणमा तीनै तहका सरकारहरु र नीजिक्षेत्रसंग सहकार्य गर्न प्रकाशन तथा प्रशारण संघ, लुम्बिनी सदैब तयार रहेकाले मिडिया हाउसको विकासले प्रदेशको संमृद्धि र विकासमा सहयोग पुग्ने अपेक्षा गर्दछौ ।

प्रकाशित : २ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६