बाँके ४ फागुन ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन तथा निरीक्षणपछि शुक्रबार बाँकेको खजुरामा आयोजित अन्तरक्रियामा मन्त्री ज्वालाले यस्तो बताउनु भएको हो ।मन्त्री ज्वालाले विकास निर्माणमा समयभित्र गुणस्तरीय काम…