काठमाडौँ १५ फागुन । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भारतको ‘सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले गिरफ्तार गरेको छ । दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेको थियो ।आइतबार बिहान दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले सोधपुछका लागि बोलाएको थियो । सीबीआईको कार्यालय पुग्नु अघि नै सिसोदियाले आफूलाई गिरफ्तार गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए…