अन्तर्राष्ट्रिय

पार्टी स्वशासनसम्बन्धी प्रस्तावमा सीको निर्णायक भूमिका



बेइजिङ, १३ कात्तिक (रासस/सिन्ह्वा) :

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव सी जिनपिङले पार्टीभित्र पूर्ण र कठोर स्वशासन लागू गर्ने विषयमा तयार पारिएको महत्त्वपूर्ण प्रस्तावको मस्यौदामा निर्णायक भूमिका निर्वाह गर्नुभएको छ । सिपिसी केन्द्रीय समितिको नीति अनुसन्धान कार्यालयका प्रमुख ताङ फाङयुले उक्त प्रस्ताव पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । अक्टोबर २६ देखि २९ सम्म बेइजिङमा सम्पन्न पूर्ण अधिवेशनका निर्णयबारे आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रस्तावको मस्यौदा पार्टी केन्द्रीय समितिको नेतृत्वमा तयार पारिएको जानकारी दिनुभयो । सीले मस्यौदा समितिको नेतृत्व गर्दै दस्तावेजको योजना निर्माण, तयारी प्रक्रियाको निर्देशन र समग्र दृष्टिकोण निर्धारणमा व्यक्तिगत रूपमा भूमिका खेल्नुभएको ताङले बताउनुभयो । उहाँका अनुसार प्रस्तावले पार्टीभित्र पूर्ण र कठोर स्वशासन कायम गर्न आवश्यक दृढता, तात्कालिकता र समग्र प्राथमिकता स्पष्ट पारेको छ । यसमा सम्बन्धित काम अघि बढाउन सातवटा खण्डमा विस्तृत कार्ययोजना पनि समेटिएका छन् । प्रस्तावमा पार्टी तथा राज्यको अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने र पार्टीभित्र पूर्ण तथा कठोर स्वशासन लागू गर्ने राजनीतिक जिम्मेवारी सुनिश्चित गर्ने विषयसमेत समावेश गरिएको ताङले बताउनुभयो ।

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६