अन्तर्राष्ट्रिय

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता



टोकियो, १३ (रासस/सिन्ह्वा)


जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । मियाकोजिमा कोस्ट गार्ड कार्यालयलाई स्थानीय समय अनुसार बिहान करिब ८ः१५ बजे आगलागीको खबर प्राप्त भएको थियो । पछि, जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ ¥याफ्ट (बचाउका लागि प्रयोग गरिने डुङ्गा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो । उनीहरू कसैलाई पनि ज्यान जोखिममा पर्ने गरी चोटपटक नलागेको जनाइएको छ । बेपत्ता रहेका चालक दलका बाँकी एक सदस्यको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६