देउखुरी ८ पुस । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापनासँगै अन्य मन्त्रालयहरू निर्माण तथा कार्यालय स्थापनाको काम तीव्र गतिमा भइरहेको छ। अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालयहरू राप्ती उपत्यका सार्न थालिएको छ। १३ वटा मन्त्रालयहरूमध्ये छवटा प्रदेश राजधानी परिसरभित्र स्थापना हुने क्रममा छन्। बाँकी सात मन्त्रालय परिसरबाहिरका सरकारी भवनमा…