बुटवल १५ मंसिर,। गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि रुपन्देही कांग्रेसभित्र अन्तर्घातको आरोप प्रत्यारोपसहित आन्तरिक किचलो सुरु भएको छ ।जिल्लामा रुपन्देही ३ बाट गृहमन्त्री खाँण, रुपन्देही ५ मा भरत शाहले चुनाव हारेका थिए । दुबै जना पार्टीभित्र संस्थापन पक्षका हुन् । उनीहरूले हारेपछि संस्थापन पक्षले पार्टीभित्रको अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाएका छन्…