काठमाडौं, २४ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री खाँणले बर्दियाको घटनामा आदेश बिना नै प्रहरले नागरिक माथि गोली चलाएको बताएका हुन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना…