रुपन्देही ११ फागुन - बुटवल उपमहानगरपालिका(११ मैनाबगरस्थित एक दालमोठ फ्याक्ट्रिमा बुधबार बिहान आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ । पशुपति बानियाँको दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा भवन, १५ थान मेसिन, दालमोठ र कच्चा पदार्थलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ…