फागुन १२, एजेन्सीरुसले आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू हुने भएको छ । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य कानुन लागू गर्ने तयारी गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गर्नु भएको छ । तर, रुसले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । युक्रेनमा…