कपिलवस्तु, १८ पुस।नेकपा एस निकटको अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गरि सम्पन्न भएको छ । कपिलवस्तुको जितपुरमा शनिबार सम्पन्न बैठकले आगामी माघ मसान्त भित्र सम्मेलन नभएका क्याम्पस, पालिका र जिल्ला कमिटीका सम्मेलन तथा भेला गरिसक्ने निर्णय गरेको छ ।यस्तै आगामी फाल्गुण १३ र १४ गते दाङमा प्रशिक्षक–प्रशिक्षण कार्यक्रम राख्ने, सदस्यता वितरणलाई…