काठमाडौं १७ मंसिर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा भनाभन भएपछि आजका लागि तय भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी होलान् कि नहोलन् भन्ने सो पार्टीका नेता कार्यकर्तामा चासो बढेको छ ।अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्डको प्रतिवेदनलाई लिएर मंगलबारको बैठकमा भनाभन भएको…