कपिलवस्तु, २४ वैशाख। लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने निर्णय गरेको छ । आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को नियमित बैठकले मुख्यमन्त्रीको आवासको रूपमा प्रयोग गरिएको भवन सम्बन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवनमा मुख्यमन्त्रीको आवास सञ्चालन हुँदै आएको थियो । सो भवन सरकारले मासिक…