कपिलवस्तु, १५ फागुन ।लुम्बिनी विकास कोषका नवनियुक्त योजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ । सोमबार कोषमा आयोजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बोल्दै कोषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए ।…