काठमाडौ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले इतिहासका ठूला भ्रष्टाचार काण्डहरुको पनि अब फाइल खुल्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको अनुसन्धान हुने भन्दै ती हत्याकाण्डमा धेरै रहस्यहरू लुकेको बताउनुभयो…