काठमाण्डाै, १४ जेठ । सरकारी स्वामित्वका संस्थानमा सरकारको लगानी छ खर्ब रुपैयाँ नाघेको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले ४४ वटा संस्थानमा छ खर्ब १८ अर्ब रुपैयाँ लगानी गरेको छ । ४४ वटा संस्थानमध्ये २५ वटा संस्थान नाफामा गएको पनि उहाँले जानकारी दिनुभयो । तर छ खर्ब रुपैयाँ…