चितवन, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताउनुभएको छ । आज बिहीवार भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अब देशमा राजनीतिक स्थायित्व कायम हुनेछ भन्नुभयो । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उहाँको भनाइ थियो ।…