काठमाडौं, २७ माघ। फौजदारी अपराधको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगरिने भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति जुटेको हो। आज बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा सहमति जुटेको हो। कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एसको विरोधकाबीच…