कपिलवस्तु १८ चैत्र । सालझण्डी–ढोरपाटन सडक निर्माण सुरु भएको १३ वर्ष बित्यो । राष्ट्रिय प्राथमिकताको आयोजना अन्तर्गत रहेको यो सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको नौ वर्ष बितिसक्यो । तर स्तरोन्नतिको काम भने निकै सुस्त छ । २०६६ सालदेखि निर्माण सुरु भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको हालसम्म १९ किलोमिटर मात्र कालोपत्रे भएको छ । यो सडकको कुल लम्बाई…