कपिलवस्तु १६ मंसिर।लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अनेमसंघ यशोधरा गाउँ कमिटिले एक दिने कार्यक्रम शनिवार गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघका केन्द्रीय सदस्य शारदा शर्माले लैंगिक हिंसा अन्त्यका लागि सरकारले ठोस योजना बनाउनु पर्ने बताउनु भयो । लैंगिक हिंसाको जरो पत्ता नलगाउदा सम्म हिंसा भइरहने , लगानी खर्च भईरहने भन्दै सरकारले नितिगत…