अर्थ-वाणिज्य

२ सय डाक्टर एउटै छातामुनी भएको प्रदेशकै उत्कृष्ट अस्पताल यूनाइटेड : सांसद पन्थी



कपिलवस्तु २७ पुस । युनाइटेड अस्पताललाई प्रदेशकै उत्कृष्ठ सेवा सुविधा प्रदान गर्ने अस्पताल बनाउने लुम्विनि प्रदेश सांसद विष्णु पन्थिले बताउनु भएको छ । सहकारीले चलाएको यो अस्पतालमा हाल सम्म २ सय जना डाक्टरले लगानी गरेको वताउदै सो संख्या ५ सय पुराउदै प्रदेशकै नम्वर एक वनाउने उहाले वताउनु भयो । यो अस्पताल विशेषज्ञ सेवाको हवको रुपमा विकास हुने उहाले दावि गर्नु भयो । बहुउद्देश्यीय सहकारी सस्था लिमिडेडको दोसो वाषिर्क साधारण सभामा सो उहाले कुरा बताउनु भएको हो । कपिबस्तु अर्घाखाची लगायत छिमेकी जिल्लाको लागि सजिलो हुने भएको बताउदै युनाइटेडबाट दिने सेवामा बिस्तार गरिदै लैजाने बताउनु भयो। साथै विरामीले पाउने सेवा सुविधामा ढुक्क हुन आग्रह गर्नु भयो ।
लुम्बिनी प्रदेशका योजना आयोजका सदस्य सरोज खनालले विकास निमाणाको लागि निजि क्षेत्र तथा सरकारि क्षेत्रको भुमिका उतिकै रहने बताउनु भयो । वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी थारुले युनाइटेड अस्पतालले वाणगंगा नगरकोनमुनाको रुपमा रहेको बताउनु भयो। कपिलवस्तु संचार सहकारी सस्था तथा मेरिट बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष मित्रलाल शर्माले सकृय रुपमा विभिन्न सस्था सन्चालन हुनु नै वाणगंगाको चिनारीको रुपमा रहने बताउनु भयो । साथै अस्पतालले धेरैजनालाई स्वास्थ्यसेवा दिएको बताउनु भयो ।
बहुउद्देश्यीय सहकारी संस्था लि को दोसो वाषिर्क साधारण सभाले स्वास्थ्य क्षेत्रको बारेमा फरक खालको छलफल र आगामी दिनको योजनाको पारितगरेको छ । शिक्षा तथा स्वास्थ कृषि मार्फत रोजगारीको श्रृजनासंग यो संस्था अगाडि बढेको अध्यक्ष मुनाराम चालिसेले प्रतिवेदन मार्फत प्रस्तुत गर्नु भएको थियो।

उपाध्यक्ष मावध प्रसाद तिम्लसेनाले बार्षिक प्रतिबेदन , भिमकान्त भट्टराईले आर्थिक प्रतिबेदन र यादव शर्माले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । डा. कृष्ण खनाल ,प्रादेशीक अस्पत्ताल बुटवलमा पुर्बमेसु डा.राजेन्द्र खनाल ,सहकारी विज्ञ गुणानिधि भुसाल लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रमको सन्चालन सचिव श्याम लाल खनालले गर्नु भएको थियो ।

प्रकाशित : २७ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६