कपिलवस्तु २६ फागुन ।“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो । दुई वर्ष अगाडि कपिलवस्तुको इँटा उद्योगमा हुने कारोबार आधाभन्दा धेरै घटेको छ । व्यापार घट्दा बैङ्कलाई तिर्नुपर्ने व्याज र कच्चा पदार्थको मूल्य दुई गुना बढेको छ…