काठमाडौं, २८ चैत्र । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६औं वार्षिक साधारण सभा हुँदैछ । साथै उद्योग वाणिज्य दिवस २०७८ आज (सोमबार) मनाईदै छ । निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भाग लिन मुलुक भरबाट करिब १ हजार ५ सय उद्यमी व्यवसायीहरु राजधानी आइसकेका छन्…