रुपन्देही ३० चैत। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका ६ वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस उपलब्ध गराएको छ।नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै सामुदायिक विद्यालयमा लगानी बढाउँदै लगेको नगरपालिकाले यसअघि बस सेवा नभएका र विद्यार्थी संख्या धेरै भएका विद्यालयलाई बस उपलब्ध गराएको हो।निजी विद्यालयले घर आँगनमै यातायातका साधन पठाईदिँदा बालबालिकाहरू निजी विद्यालयतर्फ आकर्षित हुने गरेकोले सामुदायिक विद्यालयमा विद्यार्थीको…