काठमाण्डौ, २५ कार्तिक । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रदर्शन गरेको छ । आज बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको…