दोधारा चाँदनी(कञ्चनपुर), १५ कात्तिक कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले व्यवसायिक भटमासखेती गर्न थालेको तीन वर्ष भयो । मलखाद र सिँचाइको समस्या झेल्दै आउनुभएका उहाँले सुरुआतमा पाँच कठ्ठा क्षेत्रफलमा सो खेती गर्नुभएको थियो । अन्य खेतीको तुलनामा भटमासबाट तीन गुणा बढी फाइदा हुनथालेपछि उहाँले भटमास खेती विस्तार गर्दै डेढ विघा जग्गामा खेती गर्नुभएको छ…