काठमाडौं, १३ जेठ । निर्माण सामग्री र ढुवानीमा मिलेमतोमा कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गरिएकाप्रति ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माणमा खटिएका व्यवसायी कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गर्नु भएको हो । बन्दाबन्दीअघि भन्दा सिमेन्ट प्रति बोरा…