रुपन्देही १० बैशाख । पछिल्लो समय कोरोना भाइसर संक्रमण फेरी फैलिएसँगै अस्पतालका आइसियुहरु पनि भरिएका छन्। लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन।रुपन्देही र आसपासमा कोरोना संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रहेको आइसियु कक्षमा विरामीहरु बढ्न थाले। मंगलबार अस्पतालका आइसियुका सबै…