स्वास्थ्य

थप १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि



काठमाडौँ  ६ बैशाख । नेपालमा सोमबार थप १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार १ पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ वटा एन्टीजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ ।

त्यस्तै, थप ८ जनाको कोरोना कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ ।नेपालमा थप २ सय ५५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा सात हजार २५४ जना आइसोलेशन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६