काठमाण्डौ ६ चैत्र । अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकाय (ईएमए)ले निष्कर्ष निकालेको छ ।ईएमएको समीक्षाका क्रममा अक्सफर्ड–एस्ट्राजेनेकाको खोपले रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो । तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्णरूपमा नकार्न नसकिने ईएमएले जनाएको छ ।यो खोप र रगत जम्ने समस्याबीच सम्बन्ध…