अर्थ-वाणिज्य

जे बोल्छन् ओली त्यही हुन्छ भोली : मन्त्री त्रिपाठी



बुटवल १७ माघ । सरकारका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जे बोल्छन् ओली त्यही हुन्छ भोली भन्दै  प्रधानमन्त्रीले कोरोना खोपका विषयमा यस अघि बोलेको कुरालाई जोडदार समर्थन गर्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री  त्रिपाठीले प्रधानमन्त्री केपि ओलीको घोषणा अनुसार कोरोना भाइरसको खोप ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताउनु भएको छ ।

    शनिवार लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुग्नु भएका स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना भाइरसको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी हुर्दै ३ महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताउनुभएको हो । मन्त्री त्रिपाठीले प्रादेशिक अस्पतालका डाक्टरहरुलाई कर्णाली प्रदेशले समेत कारोना भाइरसको खोप लगाइसक्दा लुम्बिनी प्रादेशिक अस्पताल भने पछि पर्नुको कारणबारे जानकारी लिनुभएको थियो । त्यस्तै उहाले भौगोलिक हिसाबले पनि सुलभ मानिने ठाउँमा ढिलाई हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

    मन्त्री त्रिपाठीले सरकारले कोरोना भाइरसको खोप सबै जनतालाई पु¥याउने लक्ष्य लिएको तर जिल्ला अस्पतालहरुमा समेत यो समस्या देखा पर्नुमा व्यवस्थापनमा थप चुनौति भएको बताउनुभयो । यसैबिच भारत सरकारले अनुदानमा दिएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई लगाइँदै छ । खोप अभियानको लागि स्थानिय तहसँग समन्वय गरेर अघि बढ्न मन्त्री त्रिपाठीले निर्देशन दिनुभयो । शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरिक्षण गरेका मन्त्री त्रिपाठी आज बुटवल आएका हुन । 

प्रकाशित : १७ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६