धादिङ २० बैशाख । कोरोना संक्रमणले देश लकडाउन भइरहँदा धादिङका विकट चेपाङ बस्तीमा फैलिएको दादुरा–रुबेला प्रकोप ओझेलमा परेको छ । दुई महिनायता फैलिएको प्रकोपले दुई जनाको ज्यान गइसकेको छ भने डेढ सयजति थलिएका छन् ।फागुन ६ मा बेनीघाट–६ बुमराङमा ४ बालबालिकामा दादुरा–रुबेला पुष्टि भएको थियो । त्यस्तै छिमेकी गजुरी गाउँपालिकाका ३ र ४ नम्बर वडामा…