ब्रेकिंग न्युज

कसरी हुदैछ आजवाट कपिलवस्तुमा समुदाय स्तरको स्वाब संकलन ?



कपिलवस्तु १३ साउन फेरी पनि कोरोना र्फैलने उच्च जोखिममा रहेको कपिलवस्तुमा समुदायस्तरबाटे पिसिआर परिक्षणकालागि ३ सय जनाको स्वाब संकलन गरिने भएको छ । ७ सय ६२ जना कोरोना संक्रमित भेटिएको कपिलस्तुमा २ साता अघि देखि स्बाव सकलन कार्य रोकिएको छ । लकडाउन खुलेपछि बजार समुदायमा चलहपलह बढेको छ । यस्तै छिमेकी देश भारतसंग सिमा जोडिएका भारतीय बजारमा रहेका समुदायमा समेत कोरानो संक्रमण फैलिएको छ । जसले गर्दा कपिलवस्तुमा समुदायमा समेत कोराना फैलने देखिएको हो । जिल्लासंग सिमा जेडिएको शोहरतगढ क्षेत्रमा ५० र बढनी बजारमा ५ जना समुदायस्तरमा नै कोरोना संक्रमित भेटिएको भारतीय अधिकारीहरुले बताएका छन ।

         शोहरतगढ र बढनीमा कपिलवस्तुबाट किनमेल लगातयतका कामकालागि आउजाउ गर्ने गरिएको छ । लकडाउन खोलिनु, चहलपहल बढनु र भारतीय बजारहरुमा समेत कोरोना संक्रमित देखिए पछि कपिलवस्तुका समुदायस्तरमा कोरोना फैलने उच्च जोखिम बढेको स्वास्थ्यकर्मी बताउछन । समुदायस्तर मै कोरोना फैलन सक्ने देखिएकाले यथार्थ अवस्था पत्ता लगाउन समुदाय र विभिन्न हिडडुल गर्ने पेशाका गरी ३ सय जनाको स्बाव संकलनगर्ने कार्य सुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन  कुमार थापाले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

          हामीले समुदाय र बिभिन्न पेशमा लागकाहरुको गरी ३ सय जनाकोे नमुना परिक्षणकालागि स्वाब संकलन कार्य अघि बढाएका छौ ’ थापाले भन्नु भयो  । सुरक्षाकर्मी, ब्यापारी, बैक कर्मचारी, पालिकामा काम गनै कर्मचारी, र वजार क्षेत्रका समुदायका  गरी ३ सय जनाको पिसिआर कालागि मंगलवार देखि स्वाब संकलन कार्य सुरु गरिने छ । १ सय ६८ जना संक्रमित देखिएको यशोधरा र १ सय २२ जना संक्रमित भेटिएको महाराजगंज नगरपालिमा सय/ सय जनाको स्बाव संकलन गरिने छ । त्यहा रहेका संक्रमित परिवार र  बिदेशबाट आएकाहरुको स्बाव संकलन गरिने छ । 

      कृष्णनगर नगरपालिकामा रहेको नेपाल र सशस्त्र प्रहरी गरी २० जना, शिवराज नगरपालिकामा पसल संचालन गरका ३० जनाको स्बाव संकलन गर्ने योजना छ । शिवराज कै मेडीकलमा काम गर्ने २० जना कर्मचारीको, तौलिहवाको ५ बैकमा काम गर्ने १० कर्मचारी, सुद्धोदन गाउपालिकामा काम गर्ने २० कर्मचारीको स्बाव संकलन गरिने छ । नमुना स्बाव संकलन कार्य एक हप्ता भित्र संपन्न गर्ने गृहकार्य अघि बढाईएको जिल्ला स्बास्थ्य कार्याmलयका प्रमुख योगेन्द्र भगतले वताउनु भयो । ‘ यो नमुना परिक्षणले जिल्लाको अवस्था थाहा हुन्छ ’ उहाले भन्नु भयो ।  

      ७ सय ६२ संक्रमित भेटिएको कपिलबस्तुमा ६ सय ४८ जना निको भई घर फर्कि सकेका छन । बाणगंगा र शिवराज नगरपालिकामा ६/६ जना तथा बुद्धभुमीमा २ जना आइसोलेनशमा उपचाररत छन । जिल्लामा ८ हजार ५५१ जनाको स्बाव संकलन गरिएकोमा अब ८४ जनाको मात्र रिपोर्ट आउन बाकी छ । 

प्रकाशित : १३ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६