स्वास्थ्य

विराट नर्सिङ होमका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



 विराटनगर १२ साउन। विराटनगरको विराट नर्सिङहोम (विराटनगर अस्पतालमा) कार्यरत थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेरका ५८ जनाको पीसीआर जाँच गर्दा चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।२१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा भर्ना गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

                अस्पताल सञ्चालकलाई भने काठमाडौं लगिएको छ ।यस्तै कोशी अस्पताल विराटनगरले संक्रमित नर्सले काम गरेको पोष्ट नेटल वार्ड सिल गरेको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले चिकित्सक र बिरामीको कोराना जाँचका लागि वार्ड बन्द गरिएको हो । ‘वार्ड सिल गरेर स्वाब संकलन गर्दैछौं,’ उनले भने, ‘आजै रिपोर्ट आउनेगरी परीक्षण गर्छौं ।’

विराटका सबै कर्मचारीको कोरोना जाँच गर्न माग

यसैबीच विराट नर्सिङहोम र विराट मेडिकल कलेजमा कार्यरत कर्मचारीले सबैका कोरोना जाँच गर्न माग गरेका छन् । नर्सिङहोममा २५० बढी कर्मचारी कार्यरत छन् ।उनीहरुमध्ये पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६