बुटवल १६ जेष्ठ । बिरामी र दीर्घरोगी गाउँलेले होम क्वारेन्टिनमा राख्न नमानेपछि असहज अवस्थाकाबीच सामुदायिक क्वारेन्टिनमा बस्न बाध्य छन् । बिरामी, सुत्केरी र गर्भवतीसमेत खानपान र अव्यवस्थित बसाइका कारण समस्यामा परेका हुन् । शिशु गुमाएर पीडामा पर्नुभएका ऐरावती गाउँपालिका–६ बिजुली थामकी सम्झना परियारलाई क्वारेन्टिनमा बस्दा पौष्टिक आहाराको अभावमा थप समस्या झेल्नुप¥यो । सुत्केरी अवस्थामा चाहिने…