बाग्लुङ, ३१ बैशाख । धवलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ । औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ । अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन् । “डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भन्नुभयो, “पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो ।” उहाँले प्रदेश र…