काठमाडौँ २७ बैशाख । युएईको शारहजामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस कोभिड १९ को संक्रमण भेटिएको छ। ती सबै नेपाली महिला कामदार हुन् । शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड(१९ पोजिटिभ देखिएको थियो। पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए युएईको क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले…