स्वास्थ्य

अवैधरुपमा परीक्षण शुल्क असुल्ने निजी अस्पतालको छानबिन गर्न समिति गठन



 काठमाडौं ३० असार। उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरस कोभिड १९ को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ।मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ ।

                  मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड १९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।उक्त समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन्।स्वास्थ्य मन्त्रालयले उपत्याको वीर, पाटन र शिक्षण अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो।  आइतबारमात्रै सानेपास्थित स्टार अस्पता र सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजले  आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए।सरकारले अनुमति दिएका यी अस्पतालले ५ हजार ५०० मात्र शुल्क लिन पाउनेछन् । छानबिन गर्न लागिएका अस्पतालले भने ५ हजारभन्दा बढी शुल्क उठाएको आरोप छ ।

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६