स्वास्थ्य

बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा कोरोना पुष्टि



सुर्खेत २८ असार ।  थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ।बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए।उनलाई आइसोलेसनमा राखिएको छ। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ।

                         असार १४ गते पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो।आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको २० पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो।तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६