स्वास्थ्य

समुदायस्तरमा कोरोना फैलिएको यकिन गर्न परीक्षण कार्य अन्तिम चरणमा



काठमाडौं  २९ असार । काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको यकिन गर्न १२ वटा ठाउँको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ११ वटा ठाउँको परीक्षण कार्य सकिएको छ।११ वटा ठाउँबाट एक हजार बढी व्यक्तिको स्वाब परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण पुष्टि भएको महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले जानकारी दिए।ुहामीले ११ वटा ठाउँको परीक्षण सकेका छौं।

        तीमध्ये टोखा नगरपालिकाको हरियाली बस्तीका तीन जना स्थानीयलाई संक्रमण पुष्टि भयो। जसमा एक महिला र दुई पुरूष हुनुहुन्छ, उनले भने।पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा संक्रमण पुगेको यकिन गर्न परीक्षणलाई व्यापक बनाएको छ। जसका लागि मन्त्रालयले रोग नियन्त्रण महाशाखालाई जिम्मा दिएको हो।महाशाखाले परीक्षण गर्नलाई उपत्यकाका तीन वटै जिल्ला पर्ने गरी १२ वटा ठाउँ छनोट गरेको छ।

          जसमा काठमाडौंको तीनकुने, कपन, कागेश्वरी, मैतिदेवी, कोटेश्वर, टोखा, शंखमुल र खुसिबू छन्। यस्तै भक्तपुरको भोलाछिन र बोडे छन् भने ललितपुरको नख्खु प्युटार छन्।तीमध्ये अब खुसिबूको मात्र परीक्षण गर्न बाँकी रहेको पौडेलले बताए।अब एक ठाउँमा मात्र परीक्षण गर्न बाँकी छ। त्यहाँ पनि पर्सिसम्म स्वाब संकलन गर्छौं। हामीले त्यहाँका वडाध्यक्षलाई व्यक्तिहरूको विवरण लिएर तयार पार्न भनेका छौं,ु उनले भने।महाशाखाले तीनकुनेका ११३, कपनका १४०, मैतिदेवीका २००, कोटेश्वरका ११३, टोखाका ८०, शंखमूलका १८७, कागेश्वरीका ९०,  भोलाछिनका ८०, बोडेका ३३, नख्खुका १११ र प्युटारका १३ जना व्यक्तिको परीक्षण गरेको हो।

           यसरी कुल १ हजार १ सय ६० जनाको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण पुष्टि भएको हो।महाशाखाका अनुसार टोखा हरियाली बस्तीमा बस्ने उनीहरू एक जना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको र बाँकी दुई जनाको भने ‘ट्राभल हिस्ट्री’ नभएका स्थानीय छन्।यी ठाउँमा कस्ता व्यक्तिको परीक्षण गर्ने भनेर महाशाखाले एउटा प्रोटोकल बनाएको पौडलेले जनाए।

            हामीले परीक्षणलाई वैज्ञानिक आधार दिन यी ठाउँहरूमा संक्रमित व्यक्तिहरूको बढी आवतजावत हुने स्थानलाई छनोट गरेका छौं। जसमा दूध, किराना पसल, पत्रपत्रिका विक्री गर्ने र कपाल काट्ने ठाउँ छन्, उनले भने।१२ वटा ठाउँबाट जम्मा १२ सय व्यक्तिको परीक्षण गर्ने महाशाखाको लक्ष्य छ। यी १२ वटा ठाउँबाहेक महाशाखाले गंगालाल अस्पतालमा पनि २ सय जना बढी व्यक्तिको परीक्षण गरिएको पौडेलले जानकारी  दिए।गत असार २३ गते गंगालाल अस्पतालमा उपचाररत् ७ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि महाशाखाले उनीहरूको सम्पर्कमा पुग्न सक्ने २ सय व्यक्तिको परीक्षण गरिएको थियो।

             तीमध्ये अस्पतालका दुई जना सुरक्षागार्डमा संक्रमण पुष्टि भएको थियो।यस्तै, महाशाखाले उपत्यकामा समुदायमा संक्रमण फैलिएको यकिन गर्न थप पाँच हजार जनाको परीक्षण गर्ने कार्य सुरू गरिसकेको छ। जसमा बैंक, मालपोत, अस्पतालजस्ता सेवाग्राहीहरूको भीडभाड हुने स्थान छन्।यी ठाउँका सेवाग्राही र कर्मचारीहरूको परीक्षण गर्न स्वाब संकलन कार्य चलिरहेको पौडेलले जनाए।तीन दिनअघिबाट स्वाब संकलन सुरू गरिएकोमा अहिलेसम्म २ हजार २ सय १८ जनाको परीक्षण भएको महाशाखाले जनाएको छ। जसमा अहिलेसम्म कसैमा पनि संक्रमण नदेखिएको पौडेलले जनाए।अहिले महाशाखाका चार वटा टोलीले स्वाब संकलनको काम गरिरहेको छ।

        सोमबारसम्मको तथ्यांक अनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या ३ सय ४७ पुगेको छ। जसमा काठमाडौंका २ सय ३२, ललितपुरका ७१ र भक्तपुरका ४४ जना छन्।पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएकाले संक्रमण समुदायमा फैलिएको हुनसक्ने विज्ञहरूले बताउँदै आएका छन्।यद्यपी अहिले परीक्षणको आँकडा नआई कस्तो अवस्था छ भनेर यकिन गर्न नमिल्ने महाशाखाको भनाइ छ।

सेतोपाटी

प्रकाशित : २९ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६