बुटवल १२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अबदेखि शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ । नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने भएको हो । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित,…