पाल्पा ९ भदौ । तानसेनस्थित पाल्पा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । दुई वर्षअघि ५० शैयाको अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाए पनि दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले हैरानी बेहोर्नुपरेको हो ।५० शैयाको अस्पताल स्वीकृति पाएपछि नौ जना विशेषज्ञ चिकित्सक र आठ जना एमबीबीएस डाक्टरको दरबन्दी हुनुपर्ने व्यवस्था…