काठमाडौं २२ पुस । मोडेल अस्पताल काठमाडौंमा ११ वर्षीया बालिकाको पिसाबको थैलीको सफल शल्यक्रिया गरिएको छ। रौतहट समनपुरकी काजली खातुनको जन्मजात पेटबाहिर निस्केको पिसाबको थैली र कम्मरको हड्डीको शल्यक्रिया गरिएको हो। लगातार आठ घन्टा लगाएर यही पुस २ गते उनको शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि बालिकाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ। उपचारमा संलग्न अस्पतालका…