काठमाडौं, १६ मंसिर। सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् । स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए…