काठमाडौं ९ कात्तिक । सर्वोच्च अदालतमा आज (सोमबार) खाजा समय अघिसम्म इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर बाहेकका अरु १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि सोमबार तोकिएका ७ वटामध्ये कुनै पनि इजलास बस्न सकेको छैन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध मोर्चाबन्दी गरेका न्यायाधीशहरूले सर्वोच्च अदालतको बेञ्च समेत अघोषित रुपमा बहिष्कार गरेका छन् । सोमबार तोकिएका सात…