अन्तर्राष्ट्रिय

किसानलाई राजधानी नयाँदिल्ली प्रवेशमा रोक



नयाँदिल्ली, 13 कात्तिक । कृषि कानूनको विरोधमा आन्दोलनमा उत्रिएका किसानलाई भारतीय राजधानी नयाँदिल्ली प्रवेशमा रोक लगाउन विभिन्न नाकामा खडा गरिएका अवरोधलाई प्रहरीले हटाउन थालेको छ ।

दिल्ली प्रहरीले ठूलो संख्यामा किसानहरु उपस्थित हुने गाजीपुर बोर्डरमा बनाइएका अवरोधलाई हटाएको छ । आक्रोशित किसानलाई रोक्न प्रहरीले दिल्ली प्रवेश गर्ने केही नाकाहरुमा फलामका किला र कंक्रिटका निकै मजबुत बैरिकेडहरु खडा गरेको थियो । प्रहरीले अवरोध हटाउन थालेपछि भारतीय काँग्रेसका नेता राहुल गान्धीले एक ट्वीटमार्फत अहिले देखावटी बैरिकेड हटेको भन्दै चाँडै नै कृषि विरोधी तीन वटै कानून पनि हट्ने जिकिर गरेका छन्।

त्यसैगरी भारतीय किसान युनियनका नेता राकेश टिकैतले सडकको अवरोध हटेपछि आफ्नो उत्पादन बेच्न संसदमा जाने चेतावनी दिएका छन् । एक ट्वीटमार्फत नेता टिकैतले मोदी सरकारले अन्नदाताहरुमाथि अन्याय गरिरहेको भन्दै गरिबहरुको रोटीलाई पूँजीपतिहरुले कब्जा गरेको आरोप लगाएका छन् । सरकारले ल्याएको कृषि कानुनको विरोधमा झण्डै एक बर्षदेखि भारतीय कृषक आन्दोलित छन् ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६