काठमाडौं, ३० असोज । अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विष्फोट हुँदा १६ जनाको ज्यान गएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विष्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ ।इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका…