काठमाडौं १९ चैत्र । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरूको अन्त्य गरिने बताएका छन् । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरूको समाधान गर्दै गुनासाहरूको अन्त्य गरिने बताएका हुन् । आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको…