कपिलवस्तु १८ साउन । नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सादा जीवन उच्च विचारका धनी पिपरा निवासी एमाले जिल्ला सल्लाहकार युवराज पाण्डेको निधनले पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनु भयो । नेता घिमिरेले स्व.युवराज पाण्डेको नवौं दिनको पुण्यतिथिमा एमाले जिल्ला कमिटीद्धारा आयोजित श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो…