प्यूठान १८ असार । प्युठानमा गत सोमबार मृत फेला परेका हेमन्त पुनमगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।प्रहरीले हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी…